असार १८, सोलुखुम्बु । सोमबार राती परेको वर्षापछि अवरुद्ध भएको सल्लेरी तामाखानी सडक खण्ड खुलाउन सुरु गरिएको छ । निरन्तरको वर्षापछि सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध सडक खण्ड खुलाउने काम भइरहेको जनाइएको छ ।
सडक अवरुद्ध हुँदा सल्लेरी तामाखानी आवतजावत ठप्प भएपछि अहिले वडा र स्थानीय समाजसेवीको पहलमा सडक खुलाउन सुरु गरिएको वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो । वर्षात कारण सडक खण्डको विभिन्न ठाउँमा पहिरो झर्दा मान्छे पनि हिड्न नमिल्ने अवस्था भएको थियो ।
९÷१० ठाउँमा सडक माथिबाट पहिरो खसेकोले साँझ सम्म सडक खुलाउन समय लाग्ने अध्यक्ष शेर्पाले बताउनुभयो । सल्लेरी तामाखानी १३ किलोमिटर सडकखण्ड भित्र पर्ने बोल्दो, काेलिङ, थापाटोल लगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक सुचारु गराउनका लागी अहिले बेनी हाइड्रो मेसिन प्रयोग भइरहेको समाजसेवी सन्तोष मगर र्याविटले बताउनुभयो ।
Discussion about this post