असार १९, सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ स्थित पैया खोलाले बगाएर एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ घर भइ हाल हिमालय आधारभूत विद्यालय नाम्चेमा कार्यरत शिक्षक राजु राईलाई खोलाले बगाउदा मृत्यु भएको हो ।
अहिले प्रहरीले घटना स्थलमा पुगेर थप कानुनी प्रक्रिया सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ । थप विवरण भने आउन बाकीँ रहेको छ ।
Discussion about this post