असार १९, साेलुखुम्बु । वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले छात्रा बलात्कारको विरोधमा असार १८ गते प्रदर्शन गरेको छ। हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित ज्योति माविकी १३ वर्षीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको घटनाको विरोधमा प्रदर्शन गरेका हुन्।दिक्तेलको भवन गैराबाट सुरु गरेको जुलुस दिक्तेल बजार परिक्रममा गर्दै किराँतचौक पुगेर कोणसभामा परिणत भएको थियो।
उक्त बलात्कारका घटनामा संलग्न शिक्षक घिमिरेलाई गत असार१५ गते पक्राउ गरी १६ गते पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।
Discussion about this post