Jअसार १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ स्थित सल्लेरी तामाखानी सडक खण्डमा झरेको पहिरो हटाइएको छ । सोमबार अविरल बर्षासँगै झरेको पहिरो मंगलबार अपराहन ४ बजे हटाइएको हो । पहिरो हटाउनको लागि बेनि हाड्रोपवरको मेसिन प्रयोग गरिएको थियो ।
माथिबाट ढुगां सहितको पहिरो आउँदा सडक अवरुद भएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो । उक्त सडक खण्डमा पहिरो आउने सम्भावना बढी भएकाले आवतजावत गर्दा सर्तकता अपनाउन वडा कार्यालयले आग्रह समेत गरेको छ ।
Discussion about this post