असार २१, सोलुखुम्बु । चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले एसइई दिएर बसेका विद्यार्थीलाई छात्रवृत्तिमा माध्यमिक शिक्षा पढाउने भएको छ ।
रुटिन अफ नेपाल बन्दले हन्ड्रेड ग्रुप अफ नेपालको सहकार्य र स्ववर्स एक्सन नेपाल तथा दारी ग्याङको सहयोगमा देशभरका ३५ विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको हो ।
विद्यार्थीहरूलाई गाँस बास र कलेज शुल्कको कभरेज सहितको छात्रवृत्ति दिने हन्ड्रेड ग्रुपका संस्थापक तथा अध्यक्ष बब्लु गुप्ताले जानकारी दिनुभयाे ।
यो सुविधामा आवद्ध भएर लाभ लिनका लागी विद्यार्थीहरूले progect.sikshahundredgroupnepal.org मा गएर अनलाइन फाराम भर्नुपर्ने जनाइएको छ । यो परियोजना सीमान्तीकृत समुदायका विद्यार्थीहरूका ल्याइएको सम्बन्धित संस्थाहरूले जनाएका छन ।
लामाे समयदेखि रुटिन अफ नेपाल बन्द,हन्ड्रेड ग्रुप, दारी ग्याङ लगायतका संस्थाले सामाजिक कार्य गर्दै आएका छन् । याे भन्दा अघिल्लाे साल SEE उतिर्ण ४० भन्दा बढी विद्यार्थीलाई खाना बस्ने व्यवस्थासहित छात्रावृत्ति दिएर सहयोग गरिरहेको छ ।
Discussion about this post