असार, २२ सोलुखुम्बु । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ सेर्नाका पहिरो पिडितलाई आर्थिक सहयोग जुटेको छ । शुक्रबार भण्डारी बन्धु एकता समाज परिवार नेचासल्यान ३ ले १० हजार तथा सोही वडाका स्थानीय केदार बिष्टद्वारा दुई हजार कुमार फुयाल २ हजार र नेचासल्यान ४ का गणेश बास्तोलाले एक हजार गरी १५ हजार रुपैँया पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको धुर्ब भण्डारीलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो । गत १३ गते राति परेको अविरल वर्षा पछि आएको पहिरोले शेर्नाका देवकुमारी खत्रीको ज्यान गएको थियो भने पहिरोमा परी घाइते भएका श्रीमान बाबुराम खत्री र छोरीको े काठमाडौमा उपचार भइरहेको जनाइएको छ । पिडित परिवारको घाउमा मलम पुग्ने उदेश्यले सहयोग गरिएको सहयोगीहरुले बताएका छन् ।
Discussion about this post