असार २२, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ जिविस टोलमा पहिरोले टहरा लडाउँदा तीन जना घाईते भएका छन् । लगातार परिरहेको बर्षाले शनिबार दिउँसो ३ बजेको समयमा पहिरोले टहरा लड्उँदा चिया पसल गर्ने एकै परिवारका छोराछोरीसँगै आमा घाईते भएको हुन् । घाईतेहरुको उद्धार गरी ओखलढुंगा सामुदायिक अस्पतालमा पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुगांले जनाएको छ । पहिरोका कारण रामपुर जाने बाटो समेत अवरुद्ध भएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post