असार २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङ स्थित वोङ्छु शेर्पा मेमोरियल प्राथामिक अस्पताल नजिकै पहिरो गएको छ । शनिबार दिउँसो करिब साझँ ५ बजेको समयमा अस्पताल जनिकै पहिरो गएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर मगरका अनुसार करिब २ सय मिटर तल पहिरो गइरहेको छ । पहिरो गइरहेको भएपनि तत्काल अस्पताल भेट्ने सम्भावना नरहेको वडा अध्यक्ष मगरको भनाई छ । पहिरो आसपास नजान तथा नबस्न नागरिकहरुलाई वडा कार्यालयले आग्रह समेत गरेको छ ।
Discussion about this post