असार २२, सोलुखुम्बु । पहाडी जिल्ला खोटाङमा यस वर्षको धान रोपाइँ ३७ प्रतिशत सम्पन्न भएको छ । कोही प्रदेश कृषि विकास निर्देशनालयले जारी गरेको साप्ताहिक बुलेटिनमा शुक्रबार सम्म जिल्लामा ३७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको देखाएको हो ।
६६ हजार ५ सय ९४ हेक्टर खेतियोग्य जमिन रहेको जिल्लामा १ हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुदैँ आएको छ । सो हेक्टर क्षेत्रफल मध्ये हाल सम्म जिल्लामा ३३ दशमलव ७७ हेक्टर क्षेत्रफल अर्थात ३ हजार ७ सय ८३ दशमलव ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको जनाइएको छ ।
जिल्लामा यस वर्षको धान रोपाइँ जेठ अन्तिम हप्ताबाट सुरु भएको थियो । १० वटा पालिका रहेको जिल्लामा हाल सम्म सबैभन्दा धेरै धान रोपाइँ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा भएको छ । यहाँ ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरीनारायण राईले बताउनुभयो ।
उहाँका अनुसार हलेसी तुवाचुङमा १८ प्रतिशत, जन्तेढुङ्गामा १५ प्रतिशत, बराहपोखरीमा ४५ प्रतिशत, खोटेहाङमा ४० प्रतिशत, दिप्रुङमा २० प्रतिशत, साकेलामा २५ प्रतिशत, रावाबेसी र केपिलासमा २०/२० प्रतिशत र ऐसेलुखर्कमा ५० प्रतिशत धान रोपाइँ सकिएको छ । यस्तै कृषि विकास कोशी प्रदेशका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार यस वर्षको असार २१ गते सम्मको सबैभन्दा धेरै रोपाइ भोजपुरमा भएको छ ।
भोजपुरमा हाल सम्म ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्ये पहाडी जिल्लाहरू मध्ये सबैभन्दा बढी पानी भोजपुरमा परेकाले यस वर्ष भोजपुरमा छिट्टै धान रोपाइँ सकिने आँकलन गरिएको अधिकृत बस्नेतले बताउनुभयो ।
Discussion about this post