साेलुखुम्बु, असार २३ । आइतबार सोलुखुम्बुमा बाढी पहिरोका ५ वटा घटना भएका छन । लगातार परिरहेको अविरल बर्षातका कारण जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले घर, सडक तथा अन्य भौतिक संरचनामा क्षती पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आइतबार जिल्लामा बाढी पहिरोबाट सोलुदुधकुण्ड नगरपालिकामा २ वटा घर र १ वटा अस्पताल र माप्य दुधकोशी गाउँपालिकामा सडकमा क्षति पुगेको छ ।
प्रहरीको जानकारी अनुसार आइतबार आज जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ८ का डिक बहादुर मगरको घर पहिरोको जोखीममा परेको छ । मगरको घरको सुर बाट ८ मिटर भासिएको छ । यस्ते पहिरोकै कारण सोही नगरपालिका १० मा रहेको वाेङछु शेर्पा मेमोरियल अस्पताल परिसरमा क्षति भएको छ । अस्पतालको बायाँपट्टीको तारजाली को ३० मिटर भाग लड्दा अस्पताल जोखिममा रहेको छ ।
यता पहिरोकै कारण सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका एक दलित परिवारको घर जोखिममा परेको छ । तिङ्लाका सिताराम कामीको घर माथिबाट छिमेकीको बारी झर्दा घर जोखिममा परेको हो । पहिरोको जगजगी भइरहेकै बेला जिल्लाको माप्य दुधकोशी गाउापालिकाको वडा नम्बर वडा नम्बर २ स्थित ठुलो ढुंगा चोक स्थित सल्लेरी पैयाँ सडक समेत माथिबाट झरेको पहिरोका कारण अवरुद्ध बनेको छ ।
Discussion about this post