असार २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका किसानलाई बहुवर्षे घाँसका बिउ वितरण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा किसानलाई आज विभिन्न प्रजातिका बिउ वितरण गरिएको हो । घाँस वितरणको पहिलो दिन आज नगरपालिकाका ११ वटै वडाका २० जनालाई विरुवा उपलब्ध गराईएको छ ।
पशुपालन व्यवसायलाई सहज र व्यवसायिक बनाउने उदेस्यले नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷८१को को वार्षिक स्वीकृत कार्यक्रम मार्फत बिभिन्न प्रजातिको घाँसको बिउ वितरण गरिएको हो । बाख्रापालक महासङ्घ सोलुखुम्बुका अध्यक्ष आङकाजी शेर्पाले उत्पादन गरेको घाँसको विभिन्न प्रजातीको विरुवा वितरण गरिएको हो ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा उत्पादन गरिएको घाँसको बिरुवा भएकाले यसले यहाँको हावापानीलाई समायोजन गर्न सक्ने भन्दै फस्टाउने बताउनुभएको छ । १ जना किसानलाई नेपियर , सुपर नेपियर जस्ता हाइब्रिड घाँसका ४० वटा सेट बिरुवा उपलब्ध गराइएको छ ।
उक्त घाँसको बिरुवाको रेपण विधिको, खुवाउने समय लगायतका बारेमा जानकारी दिँदै अध्यक्ष शेर्पाले यस्तो घाँस रैथाने घाँसको तुलनामा यस्तो घाँस बढी पोसिलो हुने बताउनुभयो ।
घाँसका बिरुवा पाएपछि किसानहरूले यसको उपयोगिता र उत्पादन हेरेर आवश्यकता अनुरूप थप्दै जाने बताएका छन । नगरपालिका भरिका २ सय किसानलाई बिरुवा वितरण गर्ने लक्ष लिएको छ ।
Discussion about this post