असार २४, सोलुखुम्बु । ग्रामीण भेगका विद्यार्थीलाई शेर्पा बालबालिका सहायता सङ्घले विभिन्न समयमा स्टेसनरी र विद्यालय पोशाक वितरण गर्दै आइरहेको छ । यसैविच हिमाली जिल्ला सोलुखुम्बुको एक विद्यालयमा सङ्घले आइतबार विद्यार्थीहरूलाई जुत्ता वितरण गरेको छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माको सेकारसिङ आधारभुत विद्यालयमा संस्थाले ७६ जना विद्यार्थीलाई विद्यालय पोशाकको जुत्ता वितरण गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूको शैक्षिक उन्नयन र आत्मबल अभिवृद्धिका लागी पुरस्कृत तथा छात्रवृत्ति प्रदान गर्दै आएको यस संस्थाका प्रबन्धक निमा शेर्पाको बिशेष पहलमा सामाग्री वितरण गरिएको हो । शेर्पा नेतृत्वमा सोलु च्याम लगायत अन्य विभिन्न संस्थाहरूले विद्यालयमा विभिन्न समयमा सहयोग गर्दै आइरहेको प्रधानाध्यापक कमल प्रसाद कार्कीले बताउनुभयो ।
उहाँले शेर्पा बालबालिका सहायता संघले यस अघि पनि विद्यालयमा झेला तथा स्टेसनरी सामाग्रीहरू कपी डटपेन तथा पोशाक वितरण गर्दै आइरहेको छ । संघले उक्त विद्यालयका ५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गर्दै आएको छ । शेर्पा विद्यार्थी सहायता सङ्घको प्रतिनिधिका रुपमा जुत्ता वितरणका लागी सन्तोष मगर उपस्थित रहनुभएको प्रअ कार्कीले बताउनुभयो । शेर्पा बालबालिका सहायता सङ्घका डाइरेक्टर निमा शेर्पा विगत लामे समय देखी सोलुखुम्बुको सामाजिक कार्यको क्षेत्रमा काम गर्दै आइरहनुभएको छ ।
Discussion about this post