असार २६, सोलुखुम्बु । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य नौजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ६२ वर्षीया माया बिक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
Discussion about this post