असार २९ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले सबै भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८० साल साउन महिना देखि २०८१ साल असार २८ गते सम्म वडाले एक आर्थिक वर्षमा १९ लाख ४० हजार १ सय ३३ रुपैँया राजश्व संकलन गरेको हो ।
नगरपालिकाले शनिबार सार्वजनिक गरेको वडा कार्यालयको राजश्व विवरण अनुसार वडा नम्बर १ मा ५ लाख ३ हजार १ सय ४ दशमलव ३६ रुपैँया, वडा नम्बर २ मा ४ लाख ३ हजार ५४ रुपैँया, वडा नम्बर ३ मा २ लाख ७२ हजार १ सय १४ दशमलव ३३ रुपैँया र वडा नम्बर ४ मा ६ लाख ७० हजार ८ सय ५९ दशमलव ८० रुपैँया राजश्व संकलन भएको छ ।
यस्तै वडा नम्बर ५ मा १४ लाख ३५ हजार १ सय ६२ दशमलव २० रुपैँया, वडा नम्बर ७ मा ९ लाख ३ हजार ८ सय ८१ दशमलव १५ रुपैँया, वडा नम्बर ८ मा १ २ लाख ८ हजार ६ सय ६४ दशमलव ३० रुपैँया, वडा नम्बर ९ मा ४ लाख ७५ हजार २ सय ४२ दशमलव ३९ रुपैँया,वडा नम्बर १० मा ७ लाख ६० हजार ९ सय ६८ दशमलव ९० रुपैँया र वडा नम्बर ११ मा १२ लाख २७ हजार ४ सय ५५ रुपैँया राजश्व संकलन भएको जनाइएको छ ।
नगरपालिकाको सम्पुर्ण वडा कार्यालयहरुबाट कुल ९८ लाख १ हजार १ सय २५ दशमलव ४३ रुपैँया र नगरपालिकाले ९२ लाख ५८ हजार ४ सय ५५ दशमलव ७४ रुपैँया संकलन भएको छ । राजश्व संकलन भएको रकम बैंक खातामा दाखिला गर्न नगरपालिकाले आग्रह गरेको छ ।
Discussion about this post