साउन १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को चौथो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले आउँदो साउन ३ गते देखि सेवाग्राहीहरुको अन्तिम किस्ता बैशाख, जेठ र असार महिनाको भत्ता वितरण गर्ने भएको हो ।
गाउँपालिकाले एक सुचना जारी गर्दै साउन ३ गते वडा नम्बर ५ मा, वडा नम्बर ४ मा ६ गते, वडा नम्बर १ मा ९ गते, वडा नम्बर ३ मा १३ गते र वडा नम्ब २ मा १५ गते एभरेष्ट बैंक लिमिटेड महाकुलुङ शाखाबाट वितरण गरिने निमिक्त प्रमुख प्रशासकीय अधिकृत नारायण काजी बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय सरकार गठन भएपछि सरकारले सबै स्थानीय तहमा बैंकको शाखा पु¥याउने लक्ष्य अनुसार पालिकाले सामाजिक सुरक्षा भत्ता समेत बैंकबाट व्यक्तिको खातामा पठाउने गरेको गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले जानकारी दिनुभयो ।
Discussion about this post