साउन २, सोलुखुम्बु । जय नेपाल फाउण्डेसनको आयोजनामा काठमाण्डौमा विचार गोष्ठी आयोजना हुने भएको छ । आगामी साउन ५ गते बिपि स्मृति दिवसको अवसरमा फाउण्डेसनले बिपि कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठी गर्ने भएको हो ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा विचार गोष्ठी आयोजना हुने तय भएको जय नेपाल फाउण्डेसन सोलुखुम्बुका संयोजक नवीन थापाले बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय स्तरका नेताहरू नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसी, आङगेलु शेर्पा, नैनसिंह महर, कुन्दनराज काफ्ले सहित तरुण दल अध्यक्ष विद्धान गुरुङ, नेविसङ्घ अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली काङ्ग्रेसका नेता मनोजमणि आचार्य र जयनेपाल फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले विचार राख्ने संयोजक थापाले बताउनुभयो । सोही कार्यक्रमका अवसरमा फाउण्डेसनले सोलुखुम्बु जिल्लाबाट २०८० को एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ । आयोजकले उत्कृष्ट अङ्क ल्याउने ३ विद्यार्थी र विद्यालयलाई सम्मान गरिने उहाँको भनाई छ ।
Discussion about this post