साउन २, सोलुखुम्बु । बिपि चिन्तन प्रतिष्ठान सोलुखुम्बुको जिल्ला अध्यक्षमा कैलाश केसी लाई मनोनयन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले केसीलाई मङ्गलबार प्रतिष्ठानको जिल्ला अध्यक्षमा मनोनित गर्नुभएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाका केशीलाई प्रतिष्ठानको विधान २०५१ ( संशोधित विधान २०८० बमाेजिम ) मनोनित गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । नेपाली प्रजातान्त्रिक आन्दोलनका युगद्ष्टा, राजनेता प्रजातन्त्र र समाजवादका प्रतीक जननायक बिपि कोइरालाको विचारलाई जनस्तर सम्म पु¥याउदै देशलाई स्वच्छ, सबल र समृद्ध राष्ट्रको रुपमा स्थापित गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले सोलुखुम्बुको जिल्ला अध्यक्षका लागी केसीलाई मनोनयन गरिएको भन्दै अध्यक्ष भट्टराईले उद्देश्य प्राप्तिको दिशामा फड्को मार्ने गरि काम नव मनोनित अध्यक्ष केसीले गर्ने विश्वास राखेको बताउनुभएको छ ।
Discussion about this post