साउन ७, सोलुखुम्बु । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सोलुखुम्बुले एक आर्थिक वर्षमा ७२ लाख रुपैयाँ बढीको नुन बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ७२ लाख ५० हजार ४ सय रुपैयाँको नुन बिक्री गरेको हो ।
डिपो कार्यालयका प्रमुख श्याम प्रसाद शाहका अनुसार जिल्लामा हाल सल्लेरी डिपो र लालीगुराँस महिला सहकारी संस्था सोताङमा गरी २ ठाउँबाट सहुलियत दरमा नागरिकहरुलाई नुन बिक्री गर्दै आएको छ । यस बर्ष सल्लेरी डिपोबाट ५४ लाख २५ हजार २ सय रुपैयाको ६ हजार २८ क्विन्टल नुन बिक्री भएको छ, भने लाली गुराँस महिला सहकारी संस्था सोताङबाट २ हजार २८ क्विन्टल, १८ लाख २५ हजार २ सयको नुन बिक्री भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा पाँच हजार तीन सय क्यून्टल नुन ढुवानी गरेको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो । कार्यालय प्रमुखसाहका अनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा नुनको बढि माग रहेको छ । साथै माग अनुसार नुन बिक्रि वितरण भइरहेको वहाँको भनाई छ ।
Discussion about this post