साउन १२, सोलुखुम्बु । पहाडी जिल्ला खोटाङमा यस वर्षको धान रोपाइँ ८५ प्रतिशत बढी सकिएको छ । यस अघि गत ४ साउनमा ७६ प्रतिशत सकिएको जिल्लाको रोपाइँ शुक्रबार ११ गते सम्म ८५ प्रतिशत सकिएको हो ।
१० वटा पालिका रहेको जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । त्यो मध्ये हाल सम्म जिल्लामा ८ हजार ५ सय ६७ दशमलव ४७ प्रतिशत धान रोपाइँ सकिएको हो ।
जिल्लामा कुल ६६ हजार ५ सय ९४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन मध्ये १० हजार १८ हेक्टरमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताउनुभयो ।
Discussion about this post