साउन १२, साेलुखुम्बु । खालिङ विद्यार्थी संघ सोलुखुम्बुले २०८० को एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने खालिङ सामुदायका २ जना विद्यार्थीलाई काठमाण्डौमा सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि संघले एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गर्ने काँकु मावि माप्य ४ भेडाचौरका छात्र र सगरमाथा माविका छात्रा लाई सम्मानित गरेको हो । देशभरका खालिङ विद्यार्थीमध्ये सबै भन्दा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गरेकोमा उनिहरुलाई सम्मान गरिएको खालिङ राई विद्यार्थी समाज काठमाण्डौले जनाएकाे छ ।
उत्कृष्ट अङ्क ल्याउने काँकु माविका छात्र डेबिट राईलाई खालिङ राई विद्यार्थी समाजले काठमाण्डौमा सम्मान गरेको समाज लाई उद्धृत गर्दै माविका प्रधानाध्यापक विनोद बस्नेतले बताउनुभयो । काँकु माविबाट एसइई दिएका ४७ मध्ये शतप्रतिशत विद्यार्थीले कक्षा १० को एसइई परीक्षा उत्तीर्ण गरेका थिए ।
Discussion about this post