साउन १३, सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले एक आर्थिक वर्षमा २८ हजार बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा २८ लाख ८५ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सुनिता राईका अनुसार कार्यालयमा १ सय १५ वटा नयाँ उद्योग दर्ता, २ सय ७१ वटा उद्योग नविकरण, ३८ वटा वाणिज्य दर्ता र १ सय २७ वटा नविकरण गरिएको हो । यस्तै कार्यालयले गत आर्थिक वर्ष २०७९÷०८० मा १ सय ५३ वटा उद्योग दर्ता, ८९ उद्योग वटा नविकरण, ५२ वटा वाणिज्य दर्ता र ७५ वटा नविकरण गरिएको छ ।
जस्मा १५ लाख ६७ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो । कार्यालयले उद्योग दर्ता, बाणिज्य दर्ता, नविकरण, पुँजी बृद्धि, नामसारी, प्रतिलिपि लगायतका सेवाबाट शुल्क लिने गरेको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post