साउन १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका उद्यम विकास शाखाकी सहजकर्ता सङगीता बराईलीले बजेट कम विनियोजन हुदाँ मेड्पा कार्यक्रम संचालन गर्न चुनौती हुने बताउनुभएको छ । आईतबार रेडियो एभरेष्ट सँग बिशेष कुराकानी गर्दै सहजकर्ता बराईलीले यस्तो बताउनुभएको हो ।
गाउँपालिको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) का लागि गत आर्थिक वर्ष २०८०/०८१ मा २४ लाख बजेट विनियोजन गरिएको थियो । जस्मा संघिय सरकारको ११ लाख र खुम्बु पासाङल्हामु गाउँपालिकाको १२ लाख बजेट कार्यक्रम सञ्चालनका लागि छुट्याइएको सहजकर्ता बराईलीको भनाई छ ।
सोही बजेट मार्फत कर्मचारीको तलब र तालिम दुबै दिनुपर्ने भएकाले महत्वपूर्ण कार्यक्रमहरु गर्न नसकिएको उल्लेख गर्नुभयो । यस्तै गत आर्थिक वष होम स्टे र स्तरउन्नती लगायतका तालिमहरु सञ्चालन गरिएको थियो । पालिकामा मेड्पा कार्यक्रमका लागि कम्तिमा ३० लाख रुपैयाँ आवश्यक हुने भएकाले बजेट थप गर्न सरोकारवालाई आग्रह गर्नुभएको छ ।
Discussion about this post