साउन १४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलाले काठमाडौंबाट सेवा प्रदान गर्ने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै वडाबासीको सहजतालाई मध्यनजर गर्दै कोटेश्वर भाटभोनीबाट सेवा प्रदान गर्ने भएको हो ।
विभिन्न कामको शिलसिलामा राजधानी बस्दै आएका वडा भित्रका नागरिकहरुलाई ३ दिने सेवा दिइने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाबाट प्रवाह हुने विभिन्न सेवाहरु सामाजिक सुरक्षा भत्ता दर्ता र नविकरण, मालपोत/भूमिकर संकलन लगायत वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु प्रदान गरिने भएको छ । यही साउन २८, २९ र ३० गते बिहान १० बजे देखि साझँ ५ बजे सम्म सेवा प्रवाह गर्ने भएको हो ।
Discussion about this post