साउन १४, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा वडा नम्बर १ होल्पुमा पहिरो जादाँ दुई घर जोखिममा परेका छन् । वर्षा पछि आइतबार राति गएको पहिरोका कारण दुई घर जोखिममा परेका हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुगांका अनुसार होल्पुका चित्र बहादुर खत्रीको ढुंगा माटोले बनेको र टिनको छानो भएको २ वटै एक तले घरमा माथिबाट पहिरो झर्दा बस्न नमिल्ने गरि क्षति पुगेको जनाइएको छ ।
पहिरो खसेको जानकारी पाउन साथ प्रहरी चौकी रगनिबाट प्रहरी टोली खटीएको टोलीले खत्रीको परिवारलाई हाल आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो । मानविय र पशुचौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ ।
Discussion about this post