साउन १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले ८० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा गाउँपालिकाले ८० लाख ४७ हजार ५ सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा अन्य विभिन्न शिर्षकबाट कर तथा शुल्क मार्फत उक्त रकम बराबरको राजस्व सङ्कलन गेरको गाउँपालिकाका सूचना प्रविधि अधिकृत अरुण बस्नेतले बताउनुभयो ।
गाउँपालिकामा सङ्कलन हुने राजस्वको सबैभन्दा दर्बिलो माध्यमनै प्रशासनिक सेवा शुल्क देखिएको छ । गत वर्ष गाउँपालिकाले प्रशासनिक सेवा शुल्कबाट मात्रै २९ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले सबैभन्दा कम राजस्व सम्पत्ति कर मार्फत सङ्कलन गरेको छ । गाउँपालिकाले सम्पत्ति करबाट ९ सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
यस्तै भूमि कर बाट गाउँपालिकाले २ लाख ७६ हजार ९३ रुपैयाँ, बहालकर बाट गाउँपालिकाले ४ लाख १२ हजार ४ सय ३४ रुपैयाँ, बिटौरी कर बाट ४ लाख ४ सय, व्यवसायले भुक्तानी गर्ने शुल्क बाट ५ हजार ५ सय, अन्य करबाट २ लाख ५५ हजार ७ सय ५४ रुपैयाँ, सरकारी सम्पत्तिको बहाल बाट प्राप्त आय ६४ हजार १ सय, कृषि उत्पादनको विक्रिबाट प्राप्त आय १२ हजार ८ सय, सरकारी सम्पत्तिको बिक्रीबाट ७ लाख ४० हजार ८ सय, अन्य बिक्रीबाट १ लाख ४४ हजार ७ सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै विद्युत सेवा शुल्कबाट १२ सय, परीक्षा सुल्क बाट १७ हजार ४ सय, नक्सापास दस्तुर ५६ हजार २ सय ४६, सफारिस दस्तुर ४ लाख ७० हजार १ सय ६०, व्यक्तिगत घटना दर्ता दस्तुर १ लाख ७४ हजार ४ सय, नाता प्रमाणीत दस्तुरबाट १७ हजार १ सय लगायत बेरुजुबाट १० लाख बढी राजस्व सङ्कलन, दत्तर बहत्तर शुल्क मार्फत ८ लाख ७ हजार बढी राजस्व सङ्कलन गरेको छ ।
Discussion about this post