साउन १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित तिङ्ला स्वास्थ्य चौकीमा नयाँ आर्थिक वर्षमा सुरक्षित प्रसुती गर्ने प्रमिला सुनुवारलाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ । सोमबार दिउँसो १२ः३० बजेको समयमा चालु आर्थिक वर्ष २०८१/८२ को १ नम्बरमा सुरक्षित प्रसुति गर्न सफल सुनुवारलाई प्रोत्साहन भत्ता प्रदान गरिएको हो ।
मंगलबार प्रसुती पश्चात सुत्केरी महिलालाई झोला १ थान, बच्चाको लागि टोपी २ थान, भोटो २ सेट, दौरा २ सेट लगयत अन्य आवश्यक सामाग्री सहित स्वास्थ्य चौकीमै प्रसुति गराएकोमा प्रोत्साहन स्वरुप ३ हजार ८ सय रुपैया भत्ता, यातायात खर्च ३ हजार र गर्भवती उत्प्रेरणा खर्च ८ सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सुरक्षित मातृत्व र सुरक्षित प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै सुत्केरी आमालाई सम्मान गरिएको स्वास्थ्य चौकी तिङ्लाका प्रमुख दिलेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ ।
सोही अनुसार स्थानीय सरकारले पनि सुरक्षित मातृत्वको लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । स्वास्थ्य संस्थाबाटै सुरक्षित प्रसुति गराउन महिलाहरुको प्रोत्सहानको लागि सरकारले दिएको सुविधा त छदैँ छ, स्थानीय तहले पनि सुरक्षित मातृत्वको लागि पोषण खाद्यन्न र भत्ता, सुत्केरी भत्ता ३ हजारदेखि ५ हजारसम्मको व्यवस्था गरेको छ ।
Discussion about this post