सोलुखुम्बु, बैशाख १६, सलिना लामिछाने – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा २ सय ८२ जना लाभग्राहीले स्वास्थ्य बिमा गराएका छन । गत बैशाख ११ र १२ गते भएको स्वास्थ्य बिमा कार्यक्रम बाट २८२ जनाले बिमा गराएका हुन । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिक र क बर्गका अपाङ्गता भएका व्यक्तिहरूको लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उक्त सङ्ख्यामा लाभग्राहीहरूले सेवा लिएको वडाअध्यक्ष ङ्वाङ ठिले शेर्पाले जानकारी दिनुभयो । फेरा गाउँ क्लिनिक, चारघरे गाउँघर क्लिनिक, सालाबेँसी गाउँघर क्लिनिक, र स्वास्थ्य चौकी साला बेँसीबाट २८२ जनाले सेवा लिएको वडाअध्यक्ष शेर्पाले बताउँनुभयो । स्वास्थ्य बिमा कार्यक्रम मार्फत बिमा गराएका लाभग्राहीले नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थाबाट १ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने छन । साथै स्वास्थ्य बिमा गर्न चाहने अन्य इच्छुक परिवारले ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख सम्मको सुविधा पाउने प्रावधान छ ।
ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण
बैशाख ५, सोलखुुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा लाखे नाच तथा बाजा सम्बन्धि तालिम सुरु भएको छ । नेवारी समूदायको परम्परागत...
Discussion about this post