Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धरानमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु । सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सञ्जीवनी केन्द्रले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा, मोरङका साथै भुटान, सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टोलीहरू सहभागी हुने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकरी दिनुभयो । प्रतियोगितामा दर्ता हुन चाहने टिम र खेलाडीले लागुऔषध नियन्त्रण रोकथाम र उपचार क्षेत्रमा कार्यरत कुनै पुनर्स्थापना केन्द्रको प्रतिनिधित्व गरेर मात्र सहभागी हुन पाउने छन् ।

अध्यक्ष ताम्राकारका अनुसार दुर्व्यसनीमा फसेका युवाहरूलाई सामाजिकरण गर्नुका साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोमा यो वर्ष ओपन रिकभरिङ टिम, भेट्रान टिमसहित महिला टिमको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा राखिएको छ । प्रतियोगितामा ओपन रिकभरिङ समूहतर्फको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Previous Post

हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

Next Post

 ओखलढुङ्गाको खिजिदेम्बालाई थप २ वटा एम्बुलेन्स प्राप्त

Related Posts

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
Next Post
 ओखलढुङ्गाको खिजिदेम्बालाई थप २ वटा एम्बुलेन्स प्राप्त

 ओखलढुङ्गाको खिजिदेम्बालाई थप २ वटा एम्बुलेन्स प्राप्त

Discussion about this post

Everest Highlights

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly