भदौ २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशीमा मृत फेला परेका एक व्यक्तीको पहिचान हुन नसक्दा शव गृहमा लाश अलपत्र परेको छ । गत साउन ३१ गते सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा मृत फेला परेका १ सडक मानवको शव जिल्ला अस्पतालमा रहेको ४ दिन भइसक्दा पनि हाल सम्म उक्त शवको सनाखत हुन नसकेको हो ।
मागी खाइहिड्ने गरेका सुपारी बाजे भनेर चिनिने एक पुरुष मृत फेला फरेको भनेर प्रहरीलाइ आएको जानकारीका आधारमा प्रहरी गएर शवको उद्धार गरेपनि आज सम्म उनको शव बुझ्न कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
करिव ६५/७० वर्षको जस्तो देखिने उक्त व्यक्तिको शव अहिले जिल्ला अस्पताल फाप्लुको शव गृहमा बेवारिसे अवस्थामा बसिरहेको जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५ फिट ३ इन्च उचाइ भएको, मध्यम शरिर, गहुँगोरो वर्ण, दारी फुलेको, बायाँ गालामा फोका निस्केको, कपाल फुलेको सेतो सर्ट कालो हाफपाइन्ट, सेतो कालो रङ्गको उनको टोपी लगाएको अवस्थाको शव फेला परेको थियो ।
Discussion about this post