भाद्र २, सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बुले १५ वटा शाखामा प्रमुखको जिम्मेवारी तोकेको छ । जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले आइतबार पार्टीको विभिन्न १५ वटा शाखाको प्रमुखमा नेताहरुको जिम्मेवारी तोक्नुभएको हो ।
विभिाग प्रमुखहरुलाई पार्टीको नियमावली २०७६ को परिच्छेद १७ को नियम ४८(३) बमोजिम जिम्मेवारी तोकिएको छ । सभापति शेर्पाले पार्टिको कृषि तथा सहकारी शाखा प्रमुखको जिम्मेवारी राम बहादुर बस्नेतलाई, युवा तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी सूर्य बहादुर राईलाई, भातृ संस्था समन्वय प्रमुखको जिम्मेवारी वीर बहादुर गुरुङलाई प्रदान गरिएको छ ।
यस्तै सङ्गठन विभाग प्रमुखको जिम्मेवारी चन्द्र आचार्यलाई, प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दावा गेलु पाख्रिनलाई, स्थानीय तह समन्वय विभागको जिम्मेवारी भेषकुमार बाँस्तोलालाई, प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी हेमराज शर्मालाई, वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी नारायण काजी श्रेष्ठलाई तोकीएकोछ ।
यस्तै अन्य विकास निर्माण विभाग प्रमुखको जिम्मेवारी इन्द्र बहादुर बस्नेतलाई, विपद व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी हस्त बहादुर थापा दीपलाई, शिक्षा विभाग प्रमुखमा नवाक सिंह राई, अभिलेख विभाग प्रमुखमा बविता राई, स्वास्थ्य विभाग प्रमुखमा उर्मिला कुलुङलाई र पर्यटन विभाग प्रमुखमा छिरिङ सोनाम सेर्पालाई जिम्मेवारी दिइएको छ ।
विभाग प्रमुखहरूको जिम्मेवारी तोक्दै सभापति शेर्पाले पार्टीको विधान बमोजिम जिम्मेवारी बहन गर्दै सङ्गठनलाई थप मजबुत बनाउन तर्फ काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
Discussion about this post