भदौ ३, सोलुखुम्बु । सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका–६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए ।
उनकाअनुसार ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पा¥यौं’, डिएसपी भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ पक्राउ परेका तीनै जनाले घटनाबारे केही थाहा नभएको बताएका छन् । यद्यपि, थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post