Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामेकाे अवरुद्ध टेलीफोन सेवा सूचारु

Radio Everest by Radio Everest
August 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ, ३ सोलुखुम्बु । सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि उक्त क्षेत्रलगायत नाम्चे, खुमजुङ्ग, पानी ट्याङ्कीका (बिटीएस) टावरहरु बन्द भएको थियो । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा पुनःसञ्चालन गरिएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको थिए। हिमताल फुटेर थामे खोलामा आएको बाढीले पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका थिए ।बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पु¥याएको छ ।

बाढीले विद्युत्को पावर हाउसमा क्षति पु¥याएपछि सो गाउँमा विद्युत् टेलिफोन लगायतका सेवा अवरुद्ध थियो । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षती पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा खुम्बु पासाङल्हामु–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सुचारु गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

टेलिकमका अनुसार स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमा तत्काल फोन गरी वैकल्पिक ऊर्जामार्फत सेवा सुचारु गर्न निर्देशन दिएका थिए ।

Previous Post

सडक विभागले फाइबरको तार बारम्बार काटेको भन्दै नेपाल टेलिकमको आपत्ति

Next Post

सोलुखुम्बुका धार्मिक स्थलमा लाग्यो जनैपूर्णिमा मेला, भक्तजनको भव्य सहभागिता

Related Posts

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Discussion about this post

Everest Highlights

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly