भदौ ४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत शुक्रबार (साउन ३२) माथिल्लो भेगको हिमपोखरी फुटेपछि आएको लेदोसहितको बाढीपछि दूधकोसी नदीले आफू बग्ने धार फेर्न थालेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार, सोही बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ स्थित टोकटोक गाउँ जोखिममा परेको छ। वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जोखिमयुक्त घरका व्यक्ति, पशुचौपाय र सामानहरू सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभएको छ । खु
म्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। बाढीको कारण गईरहेको पहिरोले गर्दा टोक टोक, बेङकार, फाक्दिङ, युल्ङिङ, ल्होवा, छेर्मादिङ लगायतका बस्तिहरू उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
हिमपोखरी फुटेपछि आएको बाढीका कारण वडा नम्बर–५, थामेका २० घर, तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
Discussion about this post