भदौ ५, सोलुखुम्बु । कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ। कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइनसक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ।
क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आईयूसीएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ। जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ। अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो। अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे।
५ जना नेपाली र ३ जना चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४ अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ। उनीहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट ७ सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिए।
Discussion about this post