भदौ ८, सोेलुुखुम्बु । खोलामा नुहाउने क्रममा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा २ जना बालकको मृत्यु भएको छ । भदौ ७ गते दिउँसो साढे १ बजे बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङखु खोलामा नुहाउने क्रममा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही वडाको जनहित प्राविमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घट्नाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।
Discussion about this post