साेलुखुम्बु, बैशाख १९ । नेचासल्यानका अग्निपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत बैशाख ११ गते आगलागीबाट आवास गुमाएका सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेका अग्निपीडित परिवारलाई राहत संकलन अभियानका अभियन्ताहरूले संकलन गरेकाे राहत रकम बुधबार हस्तान्तरण गरिएको हो । अभियन्ताहरूले आगलागी भएको भोलिपल्टबाट सुरु गरेको अभियानमा देश तथा विदेशका सहयोगीसमेतबाट ७ लाख २८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो ।
आज बुधबार आगलागी पीडितहरू शक्ति राई, मकर राई र करवीर राईलाई देउपुजे पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरिएको अभियन्ता द्रोण बाँस्तोलाले रेडियो एभरेष्टलाई जानकारी दिनुभयो । गत बैशाख १२ गते सुरु गरिएको राहत संकलन अभियान बैशाख १७ गते बन्द गरिएको थियो ।
अग्निपीडितको सहयोगार्थ सुरु गरिएको अभियानमा सोलुखुम्बु बासी देशविदेश स्थित २ सय ४४ जनाले सहयोग गरेको अभियन्ता टोलीका सदस्य बाँस्तोलाले बताउनुभयो । आगलागीबाट ३ परिवारको ५४ लाख बढीको क्षति भएको थियो ।








Discussion about this post