भदौ २२, सोलुखुम्बु । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ओखलढंगाको अध्यक्षमा सुमन घिमिरे निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अखिल क्रान्तिकारीको नवौ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा घिमिरे निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षहरुमा ङिमी शेर्पा, नविन बस्नेत, राहुल कटवाल, सचिवमा अभिनाश कार्की कोषाध्यक्षमा कल्पना बस्नेत र सह–सचिवमा प्रविन राई, मनिसा ढकाल, दालाकी शेर्पा चुनिनुभएको छ । सदस्यहरुमा दिपेन राई, सिर्जना आले मगर, बन्दना श्रेष्ठ, चिरण राई लगाएत ४५ जना सदस्यीय जिल्ला समिति निर्वाचित गरेका छन् ।
जिल्लामा रहेका प्रत्येक विद्यालय र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधिबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ । ‘भ्रष्टचार, शैक्षिक वेथिती र विसंगती विरुद्ध हाम्रो आन्देलन, समाजवादी शिक्षा प्राप्तीका लागि ९ औँ जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको थियो ।
Discussion about this post