भदाै २८, साेलुखुम्बु । सोलुखुम्बुको हिमालयन माद्यमिक विद्यालय वाकुले ६० औँ बाल दिवस मनाएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिका– ७ वाकुमा रहेको उक्त विद्यालयले आज शुक्रबार विभिन्न कार्यक्रम गरेर ६० औँ बाल दिवस मनाएको हो । यस कार्यक्रममा रीड नेपालकाे पनि सहकार्य रहेकाे थियाे ।
बाल दिवस भदाै २९ गते पर्ने भएपनि भाेली शनिबार रहेकाले उक्त दिवस आज नै मनाइएकाे विद्यालयका प्रध्यानाध्यापक नवराज राइले बताउनु भयाे ।
सरकारले यो वर्षका लागि बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नारा तय गरेको छ । उक्त नाराका साथमा भव्य कार्यक्रम गरेर बाल दिवस मनाइएको विद्यालयले जनाएको छ ।
आज यस कार्यक्रम अन्तर्गत वक्तृत्वकला, हाजिरी जवाफ र नृत्य गरेर बाल दिवस मनाइएको देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो । वडा नम्बर ७ का वडाध्यक्ष सगुजित राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
Discussion about this post