भदौ २९, सोलुखुम्बु । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वमन्त्री केसीले २२ वर्ष अघि पर्यटन मन्त्री हुँदादेखि अहिलेसम्म सिन्डिकेटको रुपमा रहेको टान निर्वाचन यस पटकबाट तोडिएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले पर्यटन क्षेत्रमै आफ्नो रोजिरोटी भएकाले लामो समयदेखि जेलिएको टानको सिन्डकेट यस पटकबाट तोडिएको बताउनुभयो ।
Discussion about this post