सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा अपाङ्गता पहिचान, परिचयपत्र वितरण तथा अद्यावधिक शिविर सञ्चालन हुने भएको छ । गाउँपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गाउँपालिकाले जेठ ५ गतेदेखि ९ गते सम्म शिविर सञ्चालन गर्ने भएको हो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका ५ वटै वडामा सञ्चालन हुने शिविरमा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो वडाको तोकिएको स्थानमा उपस्थिति हुनुपर्ने छ । पहिलो दिन जेठ ५ गते गाउँपालिकाको वडा नम्बर १ स्थित भूमेश्वरी माविमा शिविर सञ्चालन हुने छ । यस्तै ६ गते वडा नम्बर २ को पि एच सिमा, ७ गते वडा नम्बर ३ बेतघारी स्वास्थ्य चौकी, ८ गते वडा नम्बर ५ को वडा कार्यालय र ९ गते वडा नम्बर ४ स्थित सामुदायिक अस्पतालमा शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलले जानकारी दिनुभयो ।
Discussion about this post