साेलुखुम्बु, बैशाख २३ । सोलुखुम्बुको तिङ्ला स्थित ८२ सोलु हाइड्रो पावरको सुरुङमार्गमा आगलागी भएको भनिएकोमा आगलागी नभएर मेसिनरी समस्या भएको पाइएको छ । सोमबार विहान ६ः३० बजे तिर सुरुङमार्ग भित्र काम गर्न गएको डोजरमा काम गर्ने क्रममा अचानक इन्जिनबाट धुँवा निस्किएपछि उक्त सुरुङमार्ग भित्र तनाव उत्पन्न भएको थियो ।
उक्त घटनालाई बाहिर आगलागी भएको भनेर सनसनीपूर्ण बनाइएको भएपनि आगलागी नभएर मेसिनमा आएको समस्याका कारण धुवाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । डोजर र अन्य कामदार सुरुङमार्गको ६ सय ५० मिटर भित्र काम गरिरहेको अवस्थामा इन्जिनबाट अचानक धुँवा आएपछि उनीहरू बाहिर निस्किएका थिए । सुरुमा आगलागी भएको भनेर सोलुदुधकुण्ड नगरपालिकाको दमकल समेत सुरुङ मार्गमा लगिएको थियो ।
Discussion about this post