साेलुखुम्बु, बैशाख २४ । साेलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले बाल मैत्री वडा घोषणा गर्ने भएको छ । गत वैशाख १८ गते सोलुदुधकुण्ड नगरपालिकाकाका जनप्रतिनिधी तथा सरोकारवालाहरूको उपस्थितिमा आगामी पौष १ गते गार्मालाई बाल मैत्री वडा घोषणा गर्ने भएको हो ।
वडा कार्यालयले बाल मैत्री वडा घोषणा गर्नका लागि बाल मैत्री स्थानीय शासन अवलम्बन र घोषणा प्रतिबद्धता अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । “बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार” भन्ने नाराका साथ बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने अभियान समेत सञ्चालन भइरहेको वडा अध्यक्ष साेनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बालबालिकाहरूको हक र अधिकारका निम्ति अभिभावक, शिक्षक, सरकारी कार्यालय लगायत विभिन्न संघ संस्थाहरुले समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ ।
Discussion about this post