सोलुखुम्बु , वैशाख २५
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा सञ्चालित हिमाल दर्शन मावि, पूर्व विद्यार्थी समाजले भित्तेपात्रो सार्वजनिक तथा वितरण गरेको छ । मङगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको हो ।पूर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा समाजले विभिन्न ९ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा आगामी माघ १४ गते स्वर्ण महोत्सब मनाउँदै छ ।सोही अवसरमा हिमाल दर्शन मावि पुर्व विद्यार्थी समाजले लिएको १० संकल्पमध्ये भित्तेपात्रो पहिलो थियो । समाजले लिएको अन्य संकल्पहरुमा मेरो जन्मदिन मेरो पुस्तकालय अभियानलाई निरन्तरता दिने, पुर्व विद्यार्थी समाजको लोगो अङ्कित एक कक्षा कोठा एक धारा, पुर्व विद्यार्थी समाजको लोगो अङ्कित एक कक्षा कोठा एक भित्ते घडी, सामुदायिक विद्यालय विज्ञको उपस्थितिमा बृहत शैक्षिक अन्तरक्रिया, विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण, स्वर्ण महोत्सवको लकेट प्रकाशन तथा वितरण, स्वर्ण महोत्सव लोगो अङ्कित मायाको चिनो, हिमाल दर्शनबाट सेवा निवृत्त पुर्व शिक्षक एबम कर्मचारी सम्मान गर्ने र स्वर्ण महोत्सवमा केहि प्रतियोगितात्मक कार्यक्रमको आयोजक र प्रायोजकको भूमिका निर्वाह गर्ने अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने विद्यालयका प्रध्यानध्यापक अशोक कुमार शर्मा, पूर्व विद्यार्थी समाजका निवर्तमान अध्यक्ष देवेन्द्र शर्मा सहित शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्य, व्यवस्थापन समितिका सदस्य, अभिभावक शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
Discussion about this post