असोज २०, सोलुखुम्बु । गत असाेज १० देखी १३ गते सम्म परेको अविरल वर्षातका कारण क्षतिग्रस्त बनेको धाप्लाङघाट पुल मर्मत गरि सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका र उदयपुर जोड्ने धाप्लाङघाट स्थित झोलुङ्गे पुल सामान्य मर्मत पछि आज सोमबार बाट सञ्चालनमा ल्याइएको हो ।
तत्काललाई सामान्य मर्मत गरि दशैँतिहारमा आउजाउका लागी बाटाे खुलाइएको भएपनि पूर्ण मर्मत भने तिहार पछाडि गर्ने बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताउनुभयो । दुधकोशी माथि रहेको धाप्लाङघाटको उक्त झोलुङ्गे पुल दक्षिणी क्षेत्र विशेष गरि बराहपोखरी गाउँपालिकाका नागरिकका लागी लाइफलाइनको रूपमा रहेको छ ।
उक्त लाइफलाइनको पूर्ण रुपमा मर्मत गरि सञ्चालनमा ल्याउनका लागी कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयसँग सहमति भएको पनि अध्यक्ष बञ्जाराले बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुपेन्द्र राईसँग उक्त पुल सहित बाढीका कारण क्षति भएका अन्य पुलको मर्मतका लागी श्रोत उपलब्ध गराउने सहमति भएको अध्यक्ष बञ्जाराको भनाई छ ।
दुधकोशीमा आएको बाढीका कारण गाउँपालिका भित्र रहेका ४ वटा झोलुङ्गेपुल क्षतिग्रस्त बनेका थिए । बंशिलाघाट, धाप्लाङघाट, चमेरे घाट र कम्पु घाटका झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ । यि सबै पुलको मर्मत गरि पूर्ण रुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने भएपनि तिहार पछि धमाधम काम सुरु हुने अध्यक्ष बञ्जाराले बताउनुभयो ।
Discussion about this post