असोज २०, सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले गणेश मन्दिरको सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ नयाँ बजारमा रहेको गणेश मन्दिरको सरसफाई गरिएको हो ।
आईतबार बिहान अस्थाई प्रहरी पोस्ट दोर्पु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीको टोली र बजार व्यवस्थापन समितिक नयाँ बजारको सहकार्यमा सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । चाडबार्ड लक्षित धार्मिक स्थल सफा राख्ने हेतुले सरसफाई गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post