असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा पालिका स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । माप्य दुधकोशी ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गर्दे सुरुवात गर्नुभएको हो ।
१ सय १५ टिमको सहभागिता रहको प्रतियोगिता उद्घाटन कार्यक्रममा आज गाउँपालिका अध्यक्ष राईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष गौरव राई एवं प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवको विशेष आतिथ्यता रहेको थियो । ३ दिन सम्म हुने प्रतियोगितामा विभिन्न ९ वटा विधामा उक्त टिमको सहभागिता जुटेको हो ।
प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल तर्फ प्रथम द्वितीया, तृतीय हुने् टिमले क्रमशः १२ हजार ८ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै जुनियर डबल पुरुष खुल्ला र जुनियर महिला डबल तर्फको प्रथम, द्वितीय, तृतीय तर्फ क्रमशः ८ हजार, ६/६ हजार, भेट्रा पुरुष ३५ माथि डबल र भेट्रान महिला ३० माथिको डबल तर्फ क्रमशः ८ हजार, ६/६ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
यता पुरुष ओपन सिङ्गल र महिला ओप सिङ्गल तर्फका प्रतियोगी मध्ये प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले पुरस्कार राशि ६ हजार, ४/४ हजार र पुरुष सिङ्गल १३ वर्ष मुनिको प्रतियोगितामा ३ हजार २/२ हजारको साथमा सबै विजेता टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष असन राईले बताउनुभयो । प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ स्थित हिमालय माविको प्राङ्गणमा जारी रहेको ब्याडमिन्टन क्लबका अध्यक्ष राईले बताउनुभयो ।
Discussion about this post