असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको ङिम दोर्जी पर्यटन सडक खुलेको छ । वर्षात र बाढी पहिरोका कारण अवरुद्ध बनेको पर्यटन सडक गाउँपालिकाले सुचारु गरेको हो ।
मानेडाँडा देखी थामडाँडा हुँदै पैयाँ छेउबास सम्म पहिरोका कारण अवरुद्ध बनेको सडक पहिरो पन्छाएर सुचारु गरिएको गाउँपालिकाले जनाएको छ । आजै पहिरो पन्छाएर काँडे सम्म यातायात समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
छेउबास सम्म सडक ट्राक रहेको र त्यहाँबाट सडक ट्रक खोल्ने कार्य जारी रहेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बताउनुभयो । सडक सुचारु भएपछि छेउबास पैयाँ सडक यातायात सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जारी गरेको २ हजार ५ सय भाडादरमा पैँया छेउबास यात्रा गर्न सकिने गाउँपालिकाले जनाएको हो ।
Discussion about this post