असोज २०, सोलुखुम्बु । नेकपा माओवादी सोताङ पालिका उपाध्यक्ष सहित दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस सोताङ गाउँपालिका कार्य समितिले आयोजना गरेको दशैँतिहार, छठ तथा उँभौलिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गाउँपालिका कमिटीका उपाध्यक्ष टेकमान तामाङ सहित अन्य नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।
सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्य तथा नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति कृष्ण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमका बिच विभिन्न पार्टी परित्याग गरि तामाङ सहित, महिला नेत्री डोल्मा तामाङ, युवा नेताहरू झमक राई ,प्रभुराम कार्की, प्रेम कुमारी राई लगायत दर्जनौँ नेता कार्यकर्ता माअोवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
यस्तै पेशागत सँग तथा सङ्गठन परित्याग गरि भीमसेन राई र प्रदिप राई शिक्षक सङ्घमा प्रवेश गर्नुभएको काङ्ग्रेस सोताङले जनाएको छ । पार्टी प्रवेश गरेका उनिहरुलाई सोताङ गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता वितरण गर्दै गाउँ कार्यसमिति सभापति कृष्ण कार्की, सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ लगायतले स्वागत गर्नुभएको थियो ।
उहाँहरु सँगै पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धर्मध्वज बस्नेत, काङ्ग्रेस नेता बलु कुबिर नाछिरिङ राई, सोताङ गाउँपालिका वडा नं ०१ वडा अध्यक्ष जङ्ग गुरुङ, गाउँ कार्यसमिति सचिव जीवन कोइराला, नेविसङ्घका नेता विशाल नाछिरिङ राई, गाउँपालिकाको वडा नम्बर ४ का वडा सभापति नबिन नाछिरिङ राई, वडा नं ०३ सभापति तिलक बस्नेत, कार्यपालिका सदस्य कविता नाछिरिङ राई, लगायत पार्टीका बिभिन्न नेताहरुले पनि स्वागत गरेको जनाइएको छ ।
Discussion about this post