असोज २१, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एकै पटक ४ वटा विधामा खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा तथा ऐसेलुखर्क गाउँपालिकाको प्रायोजनमा आगामी कार्तिक १० गते देखी १३ गते सम्म एकै पटक महिला पुरुष भलिबल प्रतियोगिता, पुरुष फुटबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।
एक सूचना जारी गर्दै खेलकुद विकास समिति ऐँसेलुखर्क यि खेलमा खेलाडी उत्पादन र छनौट गर्ने उद्देश्यले अन्तर वडा स्तरीय विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । गाउँपालिकामा खेलकुदको विकास गर्दै खेलाडी उत्पादन गरि गाउँपालिकालाइ चिनाउने उदेश्य सहित एकैपटक ४ प्रकारको खेलकुद प्रतियोगिता आयोजना गर्न लागीएको गाउँपालिका अध्यक्ष गिरेन्द् बहादुर राइले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले अन्य विकास निर्माणा सँगै खेलकुदको विकासलाइ पनि प्राथमिकतामा राखेर अगाढी बढीरहेको उल्लेख गर्नुभएको छ ।
प्रतियोगितामा भलिबल तथा फुटबल विधाको महिला पुरुष दुबै तर्फ प्रथम, द्वितीया, तृतीय पुरस्कार क्रमशः ६० हजार, ४० हजार र २० हजार पुरस्कार तय गरिएको छ । यस्तै पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता तर्फ १० हजार, ७ हजार, ४ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
खेलकुद विकास समितिका संयोजक रजिन राईका अनुसार सबै खेल अन्तराष्ट्रिय नियमानुसार खेलाइने छन् । यस्तै भलिबल खेलमा ९ खेलाडी र १ प्रशिक्षक सहित १० जना हुनुपर्ने, फुटबल खेल ७ ए साइड हुने र १० खेलाडी र एक प्रशिक्षक सहित ११ जना हुनुपर्ने, सहभागिता जनाउन वडाको सिफारिस अनिवार्य हुनुपर्ने, सम्बन्धित वडाको मात्र खेलाडी सहभागी हुन पाउने जनाइएको छ । यस्तै भलिबल र फुटबल खेल तर्फका केही विधाहरुमा विधागत पुरस्कारको व्यवस्था गरिएको पनि राईले बताउनुभयो । एक वडाबाट २ वटा सम्म टिम दर्ता गर्न सकिने तर ब्याडमिन्टन तर्फ यो नियम लागू नहुने उहाँको भनाई छ ।
Discussion about this post