असोज २३, सोलुखुम्बु । निमा रिन्जी शेर्पाले १८ वर्षको उमेरमै ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको सफल आरोहण गरेका छन् ।
पासाङ नुर्बु शेर्पासहित ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहण गरेसँगै निमाले यो उपलब्धि आफ्नो नाममा गरेका हुन् ।चीनमा रहेको शिशपाङ्मा हिमाल विश्वकै १४औँ अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बनेका हुन् ।
अहिलेसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोहीको नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा रहेको छ । उनले ३० वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका थिए । निमाले उक्त रेकर्ड तोडेका हुन् ।
Discussion about this post